रसुवाको टिमुरेमा बाढीमा ज्यान गुमाएका असई खड्कालाई आईजीपीले दिए श्रद्धाञ्जलि, आर्यघाटमा दाहसंस्कार
काठमाडौं । रसुवाको भोटेकोशी नदीको भिषण बाढीमा परेर ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) रामहरि खड्काको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
शनिबार राति पशुपति आर्यघाटमा असई खड्काको दाहासंस्कार गरिएको हो । खड्कालाई नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
कर्तव्य पालनाको सिलसिलामा रसुवाको भोटेकोशीमा आएको भिषण बाढीमा परेर प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक खड्काको मृत्यु भएको थियो ।
असई खड्कालाई प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूले पनि श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
Published : Sunday, 2026 August 30, 11:11 am
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया