जेनजी आन्दोलनका बेला जेलबाट फरार पुरुषोत्तम रुपन्देहीमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जबरजस्ती करणी मुद्दाका फरार कैदी २९ वर्षीय पुरुषोत्तम पहारीलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भई २०७५ अशोज १४ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका पहरी भदौ २४ गतेको जेनजी आन्दोलनका बेला फरार भएका थिए । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ बस्ने पहारीलाई भदौ १३ गते रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ९, बुद्धचोकबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा १७ बर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेका पहरी कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए । रुपन्देहीमा लुकीछिपी बसेको अवस्थामा सीआईबीको टोलीले पहरीलाई पक्राउ गरी कारागार कार्यालय, रुपन्देहीमा पेश गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया