बाढी प्रभावितका लागि सिन्धुपाल्चोक तरुण दलद्वारा ७० हजार प्रदान
काठमाडौं । नेपाल तरुण दल, सिन्धुपाल्चोकले रसुवा बाढी प्रभावितका लागि ७० हजार ७ सय रुपियाँ संकलन गरेको छ ।
विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको लागि तरुण दल सिन्धुपाल्चोकले आफ्ना तरुणहरूसँग आन्तरिक रुपमा रकम संकलन गरेर नेपाल तरुण दलको केन्द्रीय कार्यालयमा बुझाएको छ । नेपाल तरुण दल, सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामा सो रकम बाढी प्रभावितसम्म पुग्ने अपेक्षा लिएको बताएका छन् । सिन्धुपाल्चोक तरुण दलले संकलन गरेको रकम केन्द्रीय कार्यालयले प्रधानमन्त्री दैवी प्रकोट उद्धार कोषमा जम्मा गर्नेछ ।
विपद्को कठिन घडीमा बाढी प्रभावित नागरिकहरू र सरकारको साथमा उभिँदै मानवीय सेवाप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्ने सबैलाई तरुण अध्यक्ष लामाले धन्यवाद दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया