५४७ जनाको शव फेला, १ हजार ४७३ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएकाको संख्या ५४७ पुगेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार साँझ दिएको जानकारी अनुसार अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको छ ।

रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपुरमा १३४ र नवलपरासीमा २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका काफ्लेले जानकारी दिएका छन् ।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

Published : Friday, 2026 August 28, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया