बाढीले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालन, गन्तव्यतर्फ लागे यात्रु र सवारी साधन
काठमाडौं । बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदोलाई पन्छाएर शुक्रबारदेखि राजमार्ग सञ्चालनमा ल्याइएको हो । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गमा समेत क्षति गरेको थियो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ ।
राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ ।
लेदो पन्छाउने तथा सडक खुलाउने कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।
Published : Friday, 2026 August 28, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया