नेपाल–भारत सिमाना नजिकै महाराजगञ्ज र कुशीनगरमा ७ शव फेला
काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशको महाराजगञ्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन् ।
ती शवमा पाँच महिला र दुई पुरुषका छन् । नेपालमा आएको भीषण बाढीले ती शव बगाएर भारत पु¥याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
सशस्त्र सीमा बल (एसएसबी)को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा ती शव फेला परेका हुन् ।
एसएसबीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगञ्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । शवको पहिचान हुन सकेको छैन ।
Published : Friday, 2026 August 28, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया