कांग्रेस नेता डा.महतद्वारा नुवाकोटका बाढी प्रभावितहरूसँग भेट
नुवाकोट । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले नुवाकोट जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको क्षति र प्रभावित व्यक्तिहरूसँग भेट गरेका छन् ।
बिहीबार नुवाकोटको विदुर आइपुगेका नेता डा.महतले बाढी प्रभावितहरूसँग भेट गरेर अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले घाइतेहरूसँग पनि भेट गरेका छन् । उनले स्थानीय प्रभावितहरूसँग आफूले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने बताएका छन् ।
डा.महतले राष्ट्रिय विपत्तिको संकटका बेला सबै मिलेर हराइरहेका मानिसहरूको खोजी, उद्धार र राहतका लागि पहल गर्नुपर्ने बताएका छन् ।
Published : Thursday, 2026 August 27, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया