तरुण परिचालन समितिद्वारा हराइरहेकाहरूको खोजी, उद्धार र राहतका लागि अपील
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको तरुण परिचालन समितिले रसुवाको भोटेकोशी नदीको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै उद्धार र राहतका लागि अपील गरेको छ ।
बिहीबार काठमाडौंको चुनवेदीस्थित सम्पर्क कार्यालयमा बसेको तरुण परिचालन समितिको बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका बाढी प्रभावितलाई समयमा सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । बाढीमा हराइरहेका व्यक्तिहरूको खोजीमा अझै तदारुकताका साथ लाग्न सरकार, सुरक्षा निकाय, कांग्रेसका नेता तथा कार्यकर्तासहित सबैमा अपील गरेको नेपाली तरुण दलका पूर्वउपाध्यक्ष उत्तम चापागाईंले बताए । उनले बाढी प्रभावितहरूलाई राहतका लागि पहल गर्ने निर्णय पनि भएको बताएका छन् ।
बैठकमा तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठ, तरुण दलका पूर्व केन्द्रीय सदस्य दिल लामा तथा समितिका सदस्य सचिव कृष्णजी खड्का लगायतका तरुण नेताहरूको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया