रसुवा बाढी प्रभावितको खोजी, उद्धार र राहतमा जुटौँ, सक्दो सहयोग गरौँ : कांग्रेस नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा संयमताका साथ जुट्न आह्वान गरेका छन् ।
नेपाली तरुण दलका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस नेता गुरुङले राष्ट्रिय विपत्तिको समयमा सबैले हातेमालो गरेर उद्धार र सहयोगमा लाग्नुपर्ने बताएका हुन् । उनले सरकार र सुरक्षा निकायले उद्धारमा गरेको कार्यको प्रशंसा गरेका छन् । उनले अहिलेको अवस्थामा उद्धार र राहतमै केन्द्रित हुनुपर्ने बताए ।
नेता गुरुङले बेपत्ता भएका नागरिकको खोजी र उद्धारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले राहत र उपचारलाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन् ।
Published : Thursday, 2026 August 27, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया