पूर्वमन्त्री पाण्डेद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख प्रदान

काठमाडौं । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता समेत रहेका बिक्रम पाण्डेले कालिका कन्ट्रक्सन प्रा.लि.को तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग गरेका छन् ।

बिहीबार पूर्वमन्त्री पाण्डेले कोषको खातामा १ करोड १ लाख रुपियाँ जम्मा गरेका हुन् । उनले राष्ट्रिय विपत्तिका बेला सरकारमार्फत् रसुवाको भोटेकोशी नदीका बाढीपीडितको राहतका लागि आर्थिक सहयोग गरेका हुन् ।

बुधबार रसुवाको भोटेकोशी हुँदै नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ । मानवीय र भौतिक क्षति भएको छ ।

Published : Thursday, 2026 August 27, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया