सभामुख अर्यालद्वारा संसदको बैठक स्थगित
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
आज मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।
कानूनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
यो कार्यसूची अर्को बैठकमा सर्नेछ । आजको बैठकमा कानूनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची थियो । यो पनि अर्को बैठकका लागि सर्नेछ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया