जनमत पार्टीले एमाले नेतृत्वको लुम्बिनी सरकारलाई दिएन विश्वासको मत

मसुरिया । जनमत पार्टीले पार्टीको निर्देशानुसार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन अस्वीकार गरेको छ ।

दाङको देउखुरीमा सोमबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा विश्वासको मतको विपक्षमा जनमत पार्टी उभिएको छ । जनमत पार्टीले मुख्यमन्त्री चेतनारायण आचार्य दोस्रो कार्यकालका लागि आफूलाई विश्वासको मत दिन बैठकमा प्रस्ताव राखेका थिए ।

प्रदेश सभा बैठकमा बोल्दै जनमत पार्टीका सांसद सीके गुप्ताले भने, ‘पार्टीको निर्देशानुसार हामी जुन पार्टीमा भए पनि पार्टीको निर्देशानुसार अहिले माननीय मुख्यमन्त्री चेतनारायण आचार्यको सरकारलाई विश्वासको मत दिने अवस्था छैन ।’

Published : Monday, 2026 August 17, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया