होटलमा महिलासँग भेटिएका सई श्रेष्ठलाई स्थानीयद्वारा नियन्त्रण, प्रहरीमा बुझाए
काठमाडौं । काभ्रेको भकुण्डेवेशीस्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ महिलासहित होटलमा भेटिएका छन् ।
सोमबार बिहान ३ बजेतिर भकुण्डेवेशीको एक होटलमा स्थानीयले घेरा हालेर सई श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन् । स्थानीयले प्रहरीलाई साथमा लिएर होटलमा पुगेका थिए । होटलमा सई श्रेष्ठ र एक महिला भेटिएको सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देख्न सकिन्छ ।
सई श्रेष्ठलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, काभ्रे ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको काभ्रेका एसपी रविन कार्कीले पत्रकारहरूलाई बताएका छन् ।
दुई महिनाअघि सई श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए । भकुण्डेवेशीका स्थानीय सई श्रेष्ठको व्यवहारबाट रुष्ट भएको बताइएको छ ।
सई श्रेष्ठले चालचलन विपरीत काम गर्ने गरेको आरोप स्थानीयले लगाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया