नेपाल भ्रमणमा भारतीय स्थल सेनाध्यक्ष, सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
प्रधान सेनापति सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल सेठ आइतबार काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चार दिने भ्रमणको सिलसिलामा सेठ आएका हुन् ।
पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग के.सी. र उनकी धर्मपत्नीले स्वागत गरेका छन् ।
भ्रमणको क्रममा जनरल सेठलाई भाद्र १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया