राष्ट्रिय सुरक्षालाई मात्रै सीमा सेना र सुरक्षा निकायमा मात्रै सीमित गरेर बुझ्नु हुँदैन : सांसद थकाली
काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङ जिल्लामा आएको विपतको अवस्थाका बारेमा जानकारी गराएका छन् ।
बुधबार सिंहदरबरमा बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थकालीले अबिरल वर्षापछि पहिरो र नदी कटानले घर, बस्ती र स्थानीय पूर्वाधारमा ठूलो क्षति पु¥याएको बताएका छन् ।
उनले भने, ‘लोमन्थाङ गाउँपालिकास्थित वडा नं. १, २, छोसेर लोमन्थाङ गाउँको सिँचाइ प्रणाली एवम् कृषिमा आधारित रहेको पूर्वाधारको पूर्ण क्षति भएको छ ।’
‘घोरपझोङ गाउँपालिकाको मार्फा गाउँबस्तीको जोखिम, थासाङ गाउँपालिका अन्तर्गत वडा नं.१ मा टुकुचे गाउँको समग्र बस्तीको जोखिम, वारागुङ मुक्तिक्षेत्रको ऐतिहासिक बोन समुदाय बसोबास गर्ने लुप्राक गाउँमा स्थानीय कृषक घुर्मी गुरुङ लगायत ४ जनाको घर नै आंशिक र पूर्णरुपमा क्षति भएको छ,’ सांसद थकालीले भने, ‘नेपाल सरकार र तालुकदार मन्त्रालयका विभागीय प्रमुखहरूको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले भने, ‘म्याग्दी जिल्ला दानास्थित सबस्टेशनमा पुगेको क्षति र ३३ केभी प्रशारण लाइनमा पुगेको पूर्ण क्षतिका कारण करीव ७२ घण्टादेखि मुस्ताङ जिल्ला पूर्ण रुपमा ब्ल्याक आउट रहेको अवस्था छ,’ सांसद थकालीले भने, ‘मुस्ताङ जिल्ला राज्यको सम्पर्कबाट सम्बन्ध बिच्छेद भएको छ । ७२ घण्टादेखि मुस्ताङबासी सञ्चार र इन्टरनेटको समस्याबाट प्रभावित भएको अवस्था छ । यस्तो अवस्थामा क्षतिको बास्तविक विवरण संकलन गर्न र राज्य संयन्त्रले नागरिकको बास्तविकता बुझ्न समेत कठिन भइरहेको यो हाम्रो सामूहिक समस्या पनि देखाएको छ ।’
‘अझ गम्भीर कुरा के रह्यो भने उत्तर–दक्षिण लोकमार्ग अन्तर्गतको बेनी–जोमसोम–कोरोला सडकखण्ड अन्तर्गत ४६ स्थानमा क्षतिग्रस्त भएको रिपोर्टहरू आएका छन्,’ सांसद थकालीले भने, ‘यो मस्ताङको स्थानीय सडक मात्रै नभइ, यो उत्तर–दक्षिण जोड्ने रणनैतिक पूर्वाधार हो । जसले स्थानीय आवागमनसँगै रिजनल र नेश्नल सप्लाइ चेञ्ज तथा उत्तरी छिमेकी चीनसँगको सीमा कनेक्टिभिटीसँग पनि हामीलाई जोड्द छ ।’
कांग्रेस सांसद थकालीले भने, ‘त्यसैले मुस्ताङमा सडक अबरुद्ध हुँदा त्यसको असर यातायातमा मात्रै होइन, बिद्युत्, सञ्चार, उद्धार र राज्यको पहुँचसम्म पुगेको छ ।’
‘बिपतजन्य घटना र प्राकृतिक प्रकोप अब हामीले यसलाई क्लाइमेट चेञ्ज र नेश्नल सेक्युरिटीको आलोक र बृहत्तर आलोकमा हेरेर यसलाई हामीले राष्ट्रिय नीतिमा अबलोकन गर्न अति आवश्यक भएको छ,’ सांसद थकालीले भने ।
‘हामीले राष्ट्रिय सुरक्षालाई मात्रै सीमा सेना र सुरक्षा निकायमा मात्रै सीमित गरेर बुझ्नु हुँदैन । दुर्गम र सीमावर्ती क्षेत्रमा सडक पुग्नु, बिद्युत् र सञ्चार कायम रहनु नागरिकसँगको राज्यको सम्पत्ति कायम रहनु र संकटको बेला उद्धर गर्न सक्नु पनि राष्ट्रिय सुरक्षाको आधार हो,’ सांसद थकालीले भने ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया