देउवा पक्षले चितवनमा खोल्यो कांग्रेसको सम्पर्क कार्यालय, सांसद एवं पूर्वमन्त्री पनि सहभागी
भरतपुर । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति चितवनले सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बुधबार भरतपुर महानगरपालिकाको हाकिम चोकमा शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले सम्पर्क कार्यालय स्थापना गरेका हुन् । बागमती प्रदेश सभाकी सांसद एवम् पूर्वमन्त्री बिनु रायमाझी पौडेलका अनुसार असोज १५ गतेदेखि शुरु हुन लागेको वडा अधिवेशनलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थाना गरिएको बताएकी छिन् ।
सम्पर्क कार्यालय उद्घाटनमा कांग्रेसका नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति चितवन जिल्ला संयोजकको समेत उपस्थिति रहेको थियो ।
शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन गर्न लागेका छन् । उनीहरूले सबै तहको अधिवेशन गर्नेछन् ।
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा बिचाराधीन छ । तथाकथित विशेष महाधिवेशनवालाहरूले एकतर्फी रुपमा अधिवेशन शुरु गरेपछि देउवा पक्षले पनि अधिवेशन गर्न लागेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया