देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो देशको पछिल्लो राजनीति कसैले बुझेको छभने त्यो एकमात्र ब्यक्ति ‘पानी बाँड्ने केटो’, ‘जेन जी आन्दोलनको हाईज्याकर’ भनेर चिनिएका र ‘नपत्याइएका’ अबका रास्वपाका भावी ‘कार्यबहाक सभापति’ सुदन गुरूङ मात्रै हो, अरू सबै अलमलमा छन् ।
***
मेरा आदरणीय दाजु गणेश बस्नेत र घनेन्द्र ओझाबीचमा राजधानी दैनिकमा जुँगाको लडाइँ चलिरहेको रहेछ, एकदिन घनेन्द्रजीले रिसाउँदै मसँग अनामनगरमा कुरा सेयर गरे, ‘तपाईको गणेशले कुनै कुरा बुझ्दैन्, न्यूज बुझ्दैन, आर्टिकल र भाषा बुझ्दैन, यस्तो अबुझलाई महेन्द्र शेरचनले पूरै राजधानी पत्रिका चलाउने जिम्मा दिएका छन् ।’
छेउमा नै बसेका भुवन शर्माले तत्कालै भने, ‘घनेन्द्रजी तपाईले गलत बुझ्नु भयो, सबैभन्दा बुझ्ने नै उहाँ हो, यदि उहाँले नबुझ्ने हो भने मेरो न्यूज धमाधम किन काटिन्छ ? उहाँ सधै मेरो न्यूज काट्नु हुन्छ ।’
शर्माले थप अगाडि भने, ‘न्यूज त्यसैले काटन सक्छ, जसले बुझ्न सक्छ, नबुझ्नेले कहिल्यै काट्दैन, मेरो न्यूज बुझेरै उहाँ अनुकल नआएपछि काटिएको हो ।’ कुरा बुझ्नुहोला ।
***
यस्तै, अहिले पनि धेरै मान्छेहरूले भनिरहेका छन्, केही पनि नबुझ्ने ‘पानी बाँड्ने केटो’ अर्थात् सुदन गुरूङलाई देशको गृहमन्त्री बनाइयो भनेर आलोचना गर्छन् ।
मलाई अलिकति पनि यो कुरा विश्वास लाग्दैन्, खास यो देशमा के भइरा’छ भन्ने बुझ्ने उहीँ मात्र हो, उ धेरै सुझबझसहित चलिरहेको मान्छे हो ।
पछिल्लो कुरा गरम, जब सुदन गुरूङ केही हप्ता अगाडि माताहातका सुरक्षाकर्मीलाई खबर नै नगरी सुनसरी, मोरङ गए, सीमा बोर्डरमा घुमिरहेका थिए, माताहातका प्रहरी युनिट बेखबर थिए ।
त्यसपछि केही क्राईम अर्थात् पुलिस हेर्ने रिपोर्टरहरूले मेरो अगाडि मोरङ, सुनसरी आसपासका एसपी, सीडीयो, डीआईजीलाई तारान्तार फोन गरेर गृहमन्त्री आए, नआएको भनेर जिज्ञासा राखेका थिए ।
तर, सबैको समान जवाफ थियो, ‘गृहमन्त्री जिल्लामा हुनुहुन्छ भन्ने कन्फर्म भयो तर, यतिखेर कहाँ हुनुहुन्छ, कसैलाई पनि थाहा छैन् । हामी पनि खोज्दैछौं ।’ उनीहरू सबै गृहमन्त्रीका सुरक्षाको विषयमा निकै चिन्तित देखिन्थे तर, गृहमन्त्री उनीहरूको सम्पर्क बाहिर थिए ।
नभन्दै केही समयपछि गृहमन्त्री भेटिए तब मात्र उनको सुरक्षा प्रहरी कमाण्डमा आयो । परिणाम दुई हप्तापछि के देखियो, कप्तानगञ्जमा ‘बत्ति निभेको’ बेला अचानक गोली चल्यो, एकजना निहत्थाको ज्यान गयो ।
***
केही दिनअघि सुधन गुरुङ पर्साको बीरगञ्ज र ठोरी आसपासमा झुल्किए, ठोरीको होटलमा छापा पनि हान्न पनि गए । अहिले यो खुल्यो कि ठोरीमा रिसोर्ट खोल्नका लागि गृहमन्त्री त जग्गा पो खोजिरहेका रहेछन् ।
स्मरण रहोस्, ठोरी एउटा यस्तो भूगोल हो, जुन भारत र चीन (रसुवागढी) दुबै नाकाको लागि सबैभन्दा छोटो दुरीको बोर्डरस्थल पनि हो ।
***
जेन जी आन्दोलन अरूले आब्हान गर्यो, ‘पानी बाड्ने’ नाममा उनी आन्दोलनमा सहभागी भए तर, ‘अरूले गरेको आन्दोलन’मा सबैभन्दा ठूलो माईक र गाडी लिएर उनी नै गए, आयोजक हेरेको हेरै भए ।
अन्ततः कहिल्यै नाम नसुनिएका सुधन गुरूङले सो आन्दोलनका नेता हो भने विदेशी मिडियाबाट थाहा पाए, जेन जी आन्दोलन ‘हाईज्याक’ गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिकामा देखिए ।
परिणाम, खुसीले त प्रधानमन्त्री कार्कीले पनि गुरूङलाई ‘जेठो छोरा’ नै भनिन, गुरूङले खुट्टा नै ढोगेको र कार्कीले आशीर्वाद दिएको भद्दा दृश्य शीतल निवासमा देखियो ।
***
जेन जी आन्दोलन र बिध्वंसपछि देशमा नयाँ चुनाव हुने भयो, रवि लामिछाने र बालेन्द्र शाहबीच मिल्ने कुरा गाईंगुईं सुनियो, कुमार बेनको घरमा वार्ता चलिरहँदा ढोकामा ताल्चा लगाउँदै भने, ‘रवि दाई र बालेन दाईबीच एकता नगरेसम्म म ढोका खोल्दै खोल्दिन ।’ उनको यो शैलीलाई गुन्डागर्दी सम्झेका थिए ।
तर, परिणाम बालेन र रवि लामिछानेबीच एकता भयो, कुलमान घिसिङ पनि उनैले जोडेका थिए, भलै कुलमानलाई टिकाइरहन गुरूङले सकेनन्, यो अर्को कुरा हो ।
***
रास्वपामा बालेनको कोटाबाट प्रतिनिधिसभाको टिकट पाए, गोरखाबाट चुनाव लडे र जिते, रवि लामिछानेले रोक्दारोक्दै पनि सबैलाई लागे झै उनी ‘अप्रत्यासित रूपमा गृहमन्त्री’ भए तर, केही समयपछि सो पद पनि गयो ।
पुनः फर्किनु २ दिनअघि उनले सार्वजनिक रूपमा भनेका थिए, ‘भोलि म गृहमन्त्री यदि भए भने फोटो नखिचाउनु, खिचाए पनि दुरूपयोग नगर्नु ।’ तर, कसैले पत्याएनन्, मजाकमा उडाए ।
छानबिन समितिले गृहमन्त्रीको बारेमा प्रतिबेदन बुझाउनु अघि नै यसो के भनेका थिए, परिणाम दुई दिनपछि उनी गृहमन्त्री भए । अहिले हामीमाथि शासन चलाइरहेका छन् ।
***
पहिलो पटक गृहमन्त्री हुनु एक दिनअघि वारेस नामा दिएर भेडेटार, धनकुटामा करोडौंको जग्गा किने । परिणाम, त्यसको केही समयपछि मन्त्री हुनु अघि सो जग्गा सम्पत्ति बिवरणमा देखाए ।
***
उनको सबैभन्दा ठूलो ‘ब्यापारिक अर्थात् पैसा, सेयरका साझेदार’ दीपक भट्टलाई पक्राउ गरेर थुनामा राखे तर, सोही कारणमा उनको गृहमन्त्रीबाट पद गएपछि समितिमार्फत ‘सिस्टम नै दोषी’ उल्लेख गराउन लगाए । परिणाम, सरकारी कागजबाट दोषमुक्त भएर निष्कलंक भएर पुनः गृहमन्त्री भए ।
***
ल यहाँसम्म ठीकै छ, रविले ‘मन नपराएका गृहमन्त्री’ उनै रविले अब सुधन गुरूङलाई देशको सबैभन्दा शक्तिशाली पार्टीका उपसभापति बनाउँदै छन्, सम्भवतः भोलि (बिहीबार) उनी मनोनीत हुनेछन् र जारी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदित पनि हुनेछन् ।
परिणाम, रवि लामिछाने बाध्य भएर पनि उनलाई उपसभापति नियुक्त गर्ने नै छन्, गुरूङका सामु उनी यतिखेर पूरै निरह छन्, जुन सभापति गुरूङका सामु निरिह छ, मान्छेहरू अझै भन्छन्, केही पनि नबुझ्नेलाई गृहमन्त्री बनाइएको छ, अब त पार्टीका पनि उपसभापति बनाइदैछ ।
***
फेरि, मूल कुरामा फर्किऔँ, आफू माताहातका लागि सुनसरी, मोरङका नाकामा पुगेको तीन हप्तापछि हिंसा फैलिएको छ तर, गृहमन्त्री गएनन्, न त उनले कुनै सार्वजनिक बक्तव्य नै दिएका छन् ।
बरू, त्यो पठाइएको हेलिकप्टरमा तालिम प्राप्त प्रहरी नभई उनका विश्वासपात्रलाई चढाएर पठाएका छन्, सर्बदलीय बैठकमा गएका छैनन्, सुरक्षा प्रमुखसँगको सामूहिक बैठकमा ‘अल्टर कुरा’ गरिरहेका छन् । यसो पढ्दा र सुन्दा उनी अब्याबहारिक लाग्छ, अपरिपक्व लाग्छ ।
मिडियाले लेखिरहेका छन्, ‘सुरक्षा प्रमुखको बैठकमा गृहमन्त्रीले सुरक्षा निकायका कुरा बुझेनन्, ‘अल्टर कुरा’ गरिरहे । यो सबैभन्दा हाँस्यस्पद कुरा हो । जो गाडी पल्टिदा आफै उठाउँन हिँड्छ, उही किन देवनागञ्जमा किन गएनन् ? जबकि यस्ता घटनामा गृहमन्त्रीले सम्बोधन गर्थे, त्यसले नभए पनि यसअघि सबै गृहमन्त्री फिल्डमा जान्थे, स्थिति बुझ्थे । तर, उनी गएननन् । तर, उनलाई पनि थाहा छ र मलाई पनि थाहा छ, अब टेस्टेड आन्दोलन हुन, धर्मको मात्रै बाँकी छ । अब प्रयोगशाला नेपाल हुने भनेको धर्मको नाम हो ।
त्यसैले कम्तिमा म चाहिँ क्लिएर थिएँ, उनी कदापि सुनसरी जाँदैनन्, त्यो बेलासम्म उनी जाँदैनन्, जबसम्म उनी शक्तिशाली पार्टीका उपसभापति हुँदैनन्, त्यसपछिसम्म उनी जाँदैनन् । उनलाई यो राम्ररी थाहा छ कि चितवन महाधिवेसनबाट पारित भएको बिधानमा के ब्यवस्था छभन्ने, उनलाई त्यो बिधानले कहाँ कहाँ रोक्छ भन्ने, उनी रोकिन्न चाहान्नन् ।
***
अब धेरै कुरा भनिन्, ‘पानी बाडने केटो’ पूरै प्लानमा देखिन्छ, पूरै ‘स्क्रिप्ट’मा छ, अब भने ‘कार्यबहाक सभापति’ उसको ‘स्क्रिप्ट’मा छ । अब उ गृहमन्त्री मात्रै होइन, ‘कार्यबहाक सभापतिको स्क्रिप्ट’ अनुसार चलिरहेको छ भन्ने उसलाई ‘कुरा नबुझ्ने गृहमन्त्री’ भनेर अबमूल्यन कसैले गरिरहन्छ भने यो देशमा राजनीति कसैले बुझेको छैन, यो देशको पछिल्लो राजनीति बुझ्ने एउटै मात्र मान्छे छ, त्यो हो– सुदन गुरूङ । त्यसैले यो देशको प्रधानमन्त्री कुनै दिन रवि लामिछाने अघि सुदन गुरूङ भयो भने कसैले आश्चर्य नमान्नु होला । हस्त नमस्ते ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया