विमानस्थलमा अबैध विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई अधिकृत महिलाहरू पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन डलरसहित नेपाल वायुसेवा निगमका दुई जना महिला कर्मचारीहरूलाई पक्राउ परेका छन् ।
आइतबार राति काठमाडौंबाट मलेसियातर्फ जान लागेका निगमका दुई महिला कर्मचारीहरूलाई अमेरिकन डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा निगमका लेखा अधिकृतद्वय ममता पाण्डे र जननी बज्राचार्य रहेको विमानस्थल निकट उच्च स्रोतले जनाएको छ ।
उनीहरूको साथबाट अन्य देशका मुद्रा पनि बरामद भएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
Published : Monday, 2026 August 17, 12:42 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया