कांग्रेसको क्रियाशील सदस्यता वीपीसँग लिएका नेताहरू अझै जीवित छन्, अध्यावधि वैज्ञानिक छैन : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेस, स्याङ्जाका सभापति एवम् पूर्वसांसद राजु थापाले विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले भने, ‘विशेष महाधिवेशन र नियमित महाधिवेशन चाहने पक्षधरबीचको अब आउने बाटोलाई कसरी ? एकताबद्ध गरेर ? नेपाली कांग्रेसलाई जरा अभियानसँगसँगै कसरी बलियो बनाउने ? विशेष महाधिवेशन चाहने र नियमित महाधिवेशन चाहने साथीहरू जो जिल्लामा हुनुहुन्छ उहाँहरूको नियमित महाधिवेशन चाहने साथीहरूको भावना अनुसारको आजको बैठक हो ।’
‘यो बैठकले जरा अभियानलाई असर गर्दैन । अझ बलियो बनाउन सक्छ । तर, जरा अभियान सञ्चालन गर्दा क्रियाशील सदस्यहरूको अध्यावधिको कुरा गर्नुभएको छ त्यो कति वैज्ञानिक छ ? कति टेक्निकल कुरा छन्,’ सभापति थापाले भने ।
‘कांग्रेसको वीपी कोइरालासँग क्रियाशील सदस्यता लिएका हाम्रा नेताहरू अझै जीवित हुनुहुन्छ । किशुनजी, गणेशमानजीसँग क्रियाशील सदस्यता लिनुभएको छ । त्यसको औचित्य समाप्त हुन्छ कि यो अध्यावधि गर्दा भन्ने कुरामा पनि जरा अभियानमा असर पर्छ कि भन्नेछ,’ थापाले भने ।
‘आजको बैठक कुनै गुटको होइन । नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरहरू अब कसरी मिलाएर अबको बाटो अगाडि बढ्न सक्छ ? भन्ने विषयमा छलफल भएको छ,’ उनले भने ।
‘गगनकुमार थापाजीले कांग्रेसलाई अब कसरी एकढिक्का बनाएर अगाडि बढ्नु हुन्छ ? उहाँले कसरी कदम चाल्नु हुन्छु भन्ने कुरामा छलफल भएको छ,’ स्याङ्जा कांग्रेसका सभापति थापाले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया