कपिलवस्तु कांग्रेसको वडा अधिवेशनमा देउवा पक्षको उत्साहजनक उपस्थिति

तौलिहवा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कपिलवस्तुका विभिन्न वडामा शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सम्पन्न गरेको छ ।

वडा अधिवेशनमा नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको छ ।

अधिवेशनमा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि र स्थानीय तहमा कांग्रेसको भूमिकाबारे छलफल गरिएको छ ।

सहभागीहरूले पार्टीलाई व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै वडा तहबाटै संगठन बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

कतिपय वडामा नेतृत्व सर्वसम्मत चयन गरिएको छभने केही वडामा निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको नेताहरूले बताएका छन् ।

अधिवेशनलाई पार्टी संगठन विस्तार र आगामी राजनीतिक गतिविधिका लागि महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।

Published : Sunday, 2026 October 4, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया