नुवाकोट कांग्रेसमा देउवा पक्ष हाबी, वडा अधिवेशनहरूमा जिल्लाका नाम चलेका नेताहरू उल्लेख्य उपस्थित
विदुर । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस नुवाकोट जिल्लामा वडा अधिवेशनहरू गरेका छन् ।
बिहीबारबाट शुरु भएको वडा अधिवेशनले सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्वाचित गरेको छ । नुवाकोट कांग्रेस नेता डा.प्रकाशशरण महतको गृहजिल्ला पनि पर्छ । डा.महतले अर्थमन्त्री हुँदा नुवाकोटमा विकासका योजना र बजेटहरू प्रसस्त ल्याएका छन् । सोही कारण पनि डा.महतको पडक नुवाकोटमा देखिएको छ ।
शुक्रबार बेलकोटगढी नगरपालिका वडा नं ९ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले माधव तामाङलाई सभापतिमा निर्वाचित गरेको छ । सभापतिमा सर्वसम्मत भएका तामाङले कार्यसमिति गठन गरेका छन् ।

नवनिर्वाचित सभापति तथा सदस्यहरूलाई कांग्रेस नेता बाबुराम तामाङ तथा कांग्रेस बेलकोटगढी वडा नं. ८ का सभापति प्रकाशचन्द्र ढुंगाना तथा कांग्रेस नेता अक्षय गजुरेलले प्रमाणपत्र प्रदान गरेका छन् ।
त्यसैगरी, बेलकोटगढी नगरपालिका–५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दीपक लामिछानेको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट उपसभापतिमा रामप्रसाद भण्डारी र हिरामाया कामी, सचिवमा श्याम घिमिरे चयन भएका छन् । अधिवेशनबाट अर्जुनकुमार नेपाल, सागर लामिछाने, रोशन नेपाल, गीताबल्धव नेपाल, रामप्रसाद नेपाल, देवराज सुवेदी, सरिता थापा, केदार नेपाल, अम्बरबहादुर विक, रामकुमार भट्ट लगायत ३२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
वडा संयोजक दीपक नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस क्षेत्रीय सचिव ध्रुव ढकाल, कांग्रेस युवा नेता शुकदेव दाहाल, प्रकाश ढुंगाना, सागर न्यौपाने तथा कांग्रेस दुईपिपलका पूर्व उपसभापति गीताबल्धव नेपाल लगायतले मन्तव्य राखेका थिए ।

उता, बेलकोटगढी नगरपालिका–११ मा शेरबहादुर देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ । असोज १५ गते सम्पन्न अधिवेशनले टीकाराम तामाङलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो । कांग्रेस क्षेत्र नं. २ को ‘१’ प्रदेश सभापति बैकुण्ठबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा वडाका क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो ।
अधिवेशनले तामाङको नेतृत्वमा नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै पार्टीको निर्देशिकाबमोजिम क्षेत्रीय प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरेको छ ।
यसैबीच, सूर्यगढी गाउँपालिका–३ मा पूर्वसभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सम्पन्न गरेको छ । क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न अधिवेशनले सूर्यगढीमा संस्थापन पक्षलाई संगठनात्मक रूपमा कडा चुनौती दिएको छ ।
प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा रहेको देउवा पक्षीय नेपाली कांग्रेसको वडा अधिवेशन वडा सभापति रामबहादुर प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य मञ्जु बुढाथोकी ढकालको प्रमुख आतिथ्यता तथा पूर्व जिल्ला कार्यसमिति सदस्य सन्तबहादुर घलेको विशेष आतिथ्यता सम्पन्न भएको छ । अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूको सक्रिय उपस्थितिले नुवाकोटमा संस्थापक्षको नेतृत्व गरिरहेका परम्परागत शक्ति अर्जुननरसिंह केसी र बहादुरसिंह लामा पक्षलाई कडा रुपमा धक्का दिएको देखिन्छ ।
सूर्यगढीमा संस्थापन पक्षले यसअघि आयोजना गरेको वडा अधिवेशनमा अपेक्षित प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता जुटाउन कठिनाइ भएको अवस्थाकाबीच त्यसको पृष्ठभूमिमा देउवा पक्षले छुट्टै वडा अधिवेशन आयोजना गरी उल्लेख्य सहभागिता जुटाउनुलाई स्थानीय कांग्रेसभित्रको शक्ति समीकरणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

सूर्यगढीमा देउवा पक्षका नेताहरू सन्तबहादुर घले, मञ्जु ढकालसहितका नेताहरुको सक्रियताले नुवाकोट कांग्रेसको संस्थापन पक्षभित्र रहेका प्रभावशाली नेताहरू अर्जुननरसिंह केसी र बहादुरसिंह लामाको प्रभावलाई समेत चुनौती दिएको चर्चा कांग्रेस वृत्तमा हुन थालेको छ ।
अधिवेशनले उपसभापतिमा मालती तामाङ र शिव श्रेष्ठ, सचिवमा ज्ञानकाजी तामाड. र कपिल अधिकारी, सहसचिवमा निर्मला तामाङ र लक्षमी सुनारलाई चयन गरेको छ ।
सदस्यहरूमा मीना तामाङ, चन्द्रबहादुर तामाङ, चन्द्ररेखा न्यौपाने, भरत त्याकुरेल, सुरेन्द्र घले रामबहादुर प्याकुरेल, ताराबहादुर पौडेल, हरि तामाड. अस्मिता तामाङ, रामचन्द्र तामाङ, हरिनारायण तामाङलाई चयन गरेको छ ।
देउवा पक्षले आयोजनामा बेलकोटगढी १०, बेलकोटगढी ६ , ८, ककनी ७ र ३ लगायत जिल्लाका करीब ४० भन्दा बढि वडामा बिहीबार एकसाथ उत्साहजनक रुपमा अधिवेशन सफल भएको कांग्रेस नेता श्रीराम श्रेष्ठले बताए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया