ठेकेदार पृष्ठभूमिका आचार्यलाई नेता बनाउन नसकेपछि गगनले सिटौलालाई फालेर बदला लिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा आफ्नो मान्छेलाई बनाउन असफल भएपछि आत्तिएका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाउन मिडिया ट्रायल शुरु गरेका छन् ।

प्रतिनिधि सभा संसदीय दलको नेतामा गगनले आफू निकटका मोहन आचार्यलाई बनाउन खोजेका थिए । निर्वाचन हुँदा आचार्यलाई अगाडि सार्ने रणनीति बनाएका गगनले सर्वसम्मत नेता बनाउन अन्य नेताहरूले साथ दिँदा ससुरा नाता पर्ने समानुपातिक सांसद अर्जुननरसिंह केसीलाई बचाउन चाहेको नेताहरूले बताएका छन् ।

तर, गगनको सबै योजना र रणनीतिहरू असफल भएका छन् । ठेकेदार पृष्ठभूमि भएका आचार्यलाई संसदीय दलको नेता बनाउन असफल भएपछि गगनले बदला लिन राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाउने योजना बनाएका छन् ।

भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनमा आचार्यले गगनलाई ठूलो आर्थिक सहयोग गरेको चर्चा छ । गगनले आफ्नो टिम र कांग्रेसको कार्यसमिति तथा प्रतिनिधि सभाको टिकट वितरण गर्दा अधिकांश व्यापारी पृष्ठभूमि (पैसा भएका) का व्यक्तिलाई टिकट तिवरण गरेका थिए ।

गगनले सिटौलालाई हटाएर आफू निकटको सांसदलाई नेता बनाउन खोजेको नेताहरूले बताएका छन् ।

राजनीतिक प्रतिशोध राखेर गगनले सिटौलालाई हटाएर आफ्नो मान्छेलाई सांसद बनाउन लागेको भनेर पार्टीभित्र आलोचना भइरहेको छ ।

अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन । आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षको समेत समर्थन रहेको छ । उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले पनि सक्रियता देखाएका थिए ।

आङ्देम्बेलाई शर्माका अलवा अर्का उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे सर्वसम्मतिबाटै संसदीय दलको नेता चयनका लागि छलफलमा जुटेका थिए ।

Published : Monday, 2026 April 27, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया