कास्की प्रहरीको मुद्दा फाँटका हवल्दारलाई घुसको ५० हजारसहित अख्तियारद्वारा गिरफ्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार घुस, रिसवतको रकमसहित नियन्त्रणमा लिएको छ ।
प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई अख्तियारको टोलीले शनिबार पोखराबाट घुस, रिसवतको रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीविरुद्ध पीडितले अख्तियारमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५० हजार घुस, रिसवत लिएको अवस्थामा अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया