मधेशमा तस्करहरूको हुलिया टाइट, माफियाहरू डीआईजीलाई फालेर आफू अनुकूलको ल्याउन सक्रिय
काठमाडौं । मधेश प्रदेश पहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र प्रहरी कर्मचारीहरूको बद्नाम गराउने गरि आइरहेका समाचारहरूको खण्डन गर्दै भ्रामक सूचनाबारे ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार मधेश प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाले प्रेस विज्ञप्ति जारी गरेर प्रहरी जवान रोशन यादवका विषयमा आएका समाचार र डीआईजी गोविन्द थपलियाबारेका टिकाटिप्पणीको खण्डन गरेका हुन् ।
मधेश प्रदेश प्रहरीका प्रमुख (डीआईजी) थपलियालाई बद्नाम गराउन माफिया, बिचौलिया, तस्कर र स्थानीय टोलेहरू हातधोर पछाडि लागेका छन् । मधेश प्रदेश अहिले मात्रै बद्नाम होइन । बरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको बहुमतको सरकार बनेपछि सिमानामा तस्करहरूको लाइन बिग्रिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र तत्कालीन गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, सिमानामा हुने तस्करी नियन्त्रण, अपराधमा संलग्नहरूलाई कारबाही लगायतमा कडाइ गर्न निर्देशन दिएपछि डीआईजी थपलियाले मातहतलाई कडा निर्देशन दिएका छन् । थपलियाको निर्देशन र कडाइ गरेपछि आत्तिएका माफिया, तस्कर र दुषित मनसाय राख्ने केही प्रहरी कर्मचारीहरूलाई तनाब भएको छ । कमाइको धन्दा बन्द भएपछि माफिया, तस्कर र दुषित मनसाय राख्ने समूह डीआईजी थपलियाको पछाडि हातधोर लागेको छ । निरन्तर थपलियाविरुद्ध समाचार लेखाउने, सामाजिक सञ्जालमा तथानाम लेख्न लगाउने, कारबाही सिफारिसमा परेका वरिष्ठ सई सागरशम्शेर राणालाई भगवान बनाउने जस्ता गतिविधि भइरहेका छन् । बिचौलिया, दलाल, माफियाहरूसँग डान्स रेष्टुरेन्टमा रक्सी सेवन गर्न लागेको वरिष्ठ सई राणाको भिडियो नै सामाजिक सञ्जालमा भाइरल छ । राणाको बनावटी अडियो पनि भाइरल छ ।
डीआईजी थपलियालाई हतोत्साहित बनाएर काम गर्न नसक्ने वातावरण बनाउने र सकेसम्म मधेश प्रदेश प्रहरीको प्रमुखबाट हटाएर आफू अनुकूलको डीआईजी ल्याएर तस्किरीको लाइन खोल्ने चक्करमा माफिया, दलाल, तस्करहरू सक्रिय भएका छन् ।
डीआईजी थपलियालाई माफिया, दलाल र तस्करहरूले जसरी लखेटिरहेका छन्, त्यसै गरी गतिविधि हुने हो भने मधेश प्रदेशमा कुनै पनि प्रहरी कर्मचारीहरू जान मान्ने छैनन् । निकट भविष्यमा प्रहरी निरीक्षकहरूको सरुवा हुन लागेको छ । अधिकांश प्रहरी निरीक्षकहरू मधेश प्रदेशमा जान मानिरहेका छैनन् । सिपाही, हवल्दार समेत मधेश प्रदेशमा जान मन गर्दैनन् ।
तत्कालीन समयमा गृहमन्त्री गुरुङ र अहिले प्रधानमन्त्री शाह आफैले गृह मन्त्रालयको कमाण्ड सम्हालेका बेला कुनै पनि प्रहरीले अनुचित लेनदेन वा घुमुवा परिचालन गरेर असुली धन्दा चलाउँछ भन्ने कुरा विश्वास नलाग्ने प्रहरीहरूले नै बताउने गरेका छन् ।
एसएसपी थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८३/०१/०९ गतेको घटना सम्बन्धमा प्रहरी चौकी जानकीचोक, जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी जवान रोशन यादव टेबलमा भ्याट ६९ रक्सी बोतल समेत राखेको फोटो एवम् मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको प्रमुखको फोटो सहित राखी नाम जोडी ‘घुमुवा आतंक कहिले रोकिन्छ, डीआईजी साप’ भन्ने शीर्षकमा एक अनलाईनमा प्रकाशित सामाचार र निजको विरुद्ध लिखित उजुरी गुनासो समेत आएकोले निजलाई नियमित र सामान्य प्रशासनिक कार्य बमोजिम यस कार्यालय बोलाई सो सम्बन्धमा के कसो भएको हो सोधपुछ गरी निजसँग लिखित जवाफ माग गरी निज विरुद्ध लागेको आरोपमा सफाई पेश गर्नको लागि बोलाइएकोमा निज प्रहरी जवानलाई स्पष्टीकरण पत्र बुझनुस् भन्दा पछि बुझ्छु भनि यस कार्यालय परिसरबाट बाहिर गएको हो ।’
‘तत् पश्चात विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरूमा ‘डीआईजी थपलियाको कार्यकक्षमै प्रहरी जवानद्वारा आत्महत्याको प्रयास’ भन्ने शीर्षकमा सामाचार प्रकाशित भएकोप्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउँदै उल्लेखित समाचारहरू आधरहीन तथा भ्रामक रहेको तथा प्रहरी संगठन र प्रहरी कर्मचारीहरूलाई बदनामी गराउने किसिमले प्रेसित भएको जानकारी गराइन्छ,’ प्रवक्ता थापाले विज्ञप्तिमा भनेका छन् ।
‘प्रहरी जवान रोशन यादवलाई यस कार्यालयमा कोहि कसैले मानसिक तनाव नदिएको र निज बाहिर गएपछि यस किसिमका सामाचारहरू प्रकाशित भएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘साथै निज यस कार्यालयबाट गएको सीसीटीभी समेत यसै प्रेस विज्ञप्ति साथ संलग्न राखिएको छ । सम्बन्धित अनलाईन मिडिया तथा पत्रकारज्यूहरूले यस कार्यालय तथा प्रहरीसँग सम्बन्धित सामाचार बनाउदा पालना गर्नु पर्ने पत्राकारिताको न्यूनतम र आधारभुत सिद्धान्त तथा आचार संहिताको पालना गरि प्रमाण सहित सम्प्रेषण गर्न गराउन हुन अनुरोध गर्दछौं,’ एसएसपी एवम् प्रवक्ता थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसअघि, मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा तस्कर राजीव महासेठले आफूसहित अन्य व्यापारीसंग रकम असुली गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको भन्ने जस्ता मोवाइल संवादबाट बनावटी बनाएर सार्वजनिक भएका छन् ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत्त वरिष्ठ सई सागरशम्शेर राणालाई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले कारबाही गरेको छ । राणाले आफूमाथि लाञ्छना लगाएको दाबी गरेका छन् । विवादित वरिष्ठ सई राणाले डीआईजी थपलियाको प्रयासबाट जोगिन व्यापारीलाई फोन गरेको सार्वजनिक भएको संवादबाट पुष्टि हुन्छ ।
डीआईजी थपलियाले आफूलाई बदनाम गर्न राणाले मोबाइलमा गरेको संवाद सार्वजनिक गरेको आरोप लगाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया