गगन सहभागी कार्यक्रममा उपसभापति शर्माका साथै डा.कोइरालासहितका ठूला नेताहरू आएनन्
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा नेता डा.शेखर कोइरालासहितका नेताहरू सहभागी भएका छैनन् ।
बुधबार विराटनगरमा सभापति गगनकुमार थापा आफै सहभागी भएका थिए । मञ्चमा नेता डा.कोइरालासहितका नेताहरू देखिएनन् । नेता डा.कोइराला गृहनगर विराटनगरमै छन् । विराटनगरमा रहेर पनि डा.कोइराला समीक्षा कार्यक्रममा सहभागी भएनन् ।
कार्यक्रममा गगन थापाकै उपसभापति विश्वप्रकाश शर्मा पनि देखिएनन् । आफ्नै प्रदेशमा भएको कार्यक्रम र आफैले बनाएको सभापति सहभागी भएको निर्वाचन समीक्षा कार्यक्रममा उपसभापति शर्मा किन उपस्थित भएनन् केही भनिएको छैन । नेता कृष्णप्रसाद सिटौला पनि निर्वाचन समीक्षा कार्यक्रममा देखिएनन् ।
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट नेपाली कांग्रेसको सभापतिको आधिकारिकता पाएका गगन थापालाई नेताहरूले सभापतिका रुपमा मनभित्रैबाट स्वीकार गर्न सकिरहेका छैनन् भन्ने सन्देश विराटनगरको कार्यक्रममा नेताहरू उपस्थित नहुनुले पनि देखाएको चर्चा छ ।
आफ्नै प्रदेशमा भएको कांग्रेसको कार्यक्रम र आफैले सभापति बनाएका गगन थापा सहभागी कार्यक्रममा उपसभापति शर्मा नै अनुपस्थित भएपछि सभापति र उपसभापतिबीच खटपट शुरु भएको हो कि भनेर कार्यक्रमस्थलमा कार्यकर्ताहरूले मुखामुख गरेको एक नेताले बताए ।
निर्वाचन समीक्षा भनेर राखिएको कार्यक्रमको मञ्चमा पराजित नेताहरूले भरिएको थियो । सभापति गगन थापा स्वयम् पनि पराजित हुन् । मञ्चमा राष्ट्रिय सभाका सांसद सुनिलबहादुर थापा र समानुपातिक सांसद भीष्मराज आङ्दम्बे बाहेक सबै पराजित नेताहरूले मञ्च भरिएको थियो ।
कोशी प्रदेशबाट निर्वाचित भएका सांसदहरूलाई मञ्चभन्दा तल राखिएको थियो । कार्यक्रममा निकै कम नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया