विद्यार्थी संगठनहरूद्वारा बालेन सरकारविरुद्ध प्रदर्शन, लगाए चर्का नारा
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा झण्डै दुईतिहाईको बहुमतको एकल सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ विद्यार्थी संगठनहरूले काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेको बताएका छन् ।
विश्व विद्यालयहरूमा विद्यार्थी संगठन र स्ववियुमाथि अधिनायकवादी हमला भएको भन्दै विद्यार्थी नेताहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् । सरकारले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप गरेको उनीहरूको आरोप छ ।
उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइँदैन लगायतका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध पनि प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया