गगनले विरोधीहरूमाथि डोजर लगाउन थाले, सानेपाले देउवा पक्षका सभापतिलाई काट्यो ३ दिने पत्र

काठमाडौं । सर्वोच्च अदालतले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिकता दिएसँग आफ्ना आलोचक र विरोधीहरूलाई ठेगान लगाउन अनुाशसन समितिलाई हतियार बनाएका छन् ।

भृकुटीमण्डप भेलालाई विशेष महाविधेशन भनेर कांग्रेस हाइज्याक गरेका थापालाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिएको छ । त्योभन्दा अगाडि कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षका नेताहरू अलग अलग रुपमा कानूनी संघर्षमा थिए । त्यो बेलाका कुरालाई लिएर सभापति थापाले मन नपरेका र विरोधीहरूलाई अनुशासनको बहानामा छानिछानी कारबाही गर्न लागेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।

तारामान गुरुङ संयोजक रहेको कांग्रेसको केन्द्रीय अनुशासन समिति नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई अनुशासन उल्लंघन गरेको बहानामा ३ दिने पत्र काटेको छ ।

सोमबार समितिका सचिव दिनेश थापा मगरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’

कांग्रेस विभाजनको मुखमा रहेका बेला र नेताहरूविरुद्ध मनमुटाव भएको समयमा दिएका अभिव्यक्तिलाई लिएर सभापति थापाले प्रतिशोध साँधेर कांग्रेसलाई झन् कमजोर बनाउन लागेको आरोप छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिने रामेछाप कांग्रेसका सभापति तामाङलाई अनुशासनको बहाना बनाएर कारबाही गर्न लागेपछि देउवा समूह सशंकित बनेको छ । यस्तै अवस्था रहने हो भने कांग्रेसभित्र ठूलो विद्रो हुने सम्भावना बढेको छ ।

देउवा समूहले कांग्रेसलाई एक बनाउन बिष सेवन गरेर अपमानित भएर पनि पार्टीभित्रै संघर्ष गर्ने निर्णय गरेको अर्को दिन सभापति थापाले अनुशासनको बहानामा तामाङमाथि अनुशासनको कारबाही गर्न ३ दिने पत्र थमाएपछि गम्भीर आशंका उत्पन्न भएको छ । थापाले अहिले नै अनुशासनको कारबाही गरेर नेताहरूलाई त्रर्साउन खोजेका छन् । उनले आफ्नो आलोचना भएको सुन्नै चाहँदैनन् भन्ने कुरा रामेछाप कांग्रेसका सभापति तामाङलाई काटेको ३ दिने पत्रले नै प्रष्ट बनाएको छ ।

जिल्ला सभापति र अन्य सबै नेताहरूलाई थर्काउन सभापति थापाले ‘छोरी कुटेर बुहारी तर्साउन खोजेको’ भनेर कांग्रेस नेताहरूले टिप्पणी गरेका छन् ।

Published : Monday, 2026 April 20, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया