कांग्रेसका सांसदलाई उपत्यका नछाड्न निर्देशन, दलको नेता चयन हुने, को को छन् आकांक्षी ?
काठमाडौं । नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दलको नेता चयन गर्न निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाच समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुनेछ । समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका तय गरिएको जानकारी गराएको छ ।
संसदीय दलको नेता चयनको कार्यक्रम रहेपछि कांग्रेसले प्रतिनिधि सभाका सांसदहरूलाई काठमाडौं उपत्यका छाडेर बाहिर नजान निर्देशन दिएको छ ।
वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । उम्मेदवारहरूको अन्तिम नामावली भने वैशाख ११ गते दिउँसो साढे ३ बजे गरिने कार्यतालिकामा उल्लेख छ ।
कांग्रेसबाट संसदीय दलको नेताका लागि कांग्रेसका सभापति गगनकुमार थापाका ससुरा समेत रहेका समानुपातिक सांसद अर्जुन नरसिंह केसी पहिलो प्राथमिकतामा छन् । सर्वसम्मत भएमा केसी नै बन्ने सम्भावना छ । केसीको योगदानका आधारमा दलको नेता बनाउनुपर्ने सभापति थापा निकटका नेताहरूले बताउने गरेका छन् ।
यद्यपि, दलको नेताका लागि भीष्मराज आङ्दम्बे, मोहन आचार्य, अभिषेकप्रताप शाह, योगेश गौचन थकाली पनि इच्छुक छन् । आङ्दम्बे समानुपातिक सांसद हुन् । आचार्य, शाह र थकाली प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया