हिम्मत छभने पूर्णबहादुरलाई २४ घण्टाभित्र कारबाही गरेर देखाउ र परिणामा भोग्न तयार होउ : सभापति बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन चुनौति दिएका छन् ।

आइतबार काठमाडौंको धुम्बाराहीमा बसेको निवर्तमान कार्यबाहक सभापति खड्कासहितका नेताहरूको बैठकमा सभापति बलायरले लेटर प्याड दुरुपयोग गरेको अभियोगमा कारबाही गरेर देखाउन चुनौति दिएका हुन् । कारबाहीको परिणाम भोग्न आफूहरू तयार रहेको र त्यसपछि आउने परिणाम भोग्न पनि तयार रहन विशेष महाधिवेशन पक्षधरबाट आएको नेतृत्वलाई उनले चेतावनी दिएको एक नेताले बताएका छन् ।

सभापति बलायरको भनाइ उद्रृत गर्दै ती नेताले भने, ‘हिम्मत छ भने लेटर प्याड दुरूपयोग गरेको अभियोगमा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउ र त्यसपछिको परिणामा भोग्न तयार होउ ।’

सभापति बलायरले भने, ‘संघर्ष र त्याग अनि ईतिहाँसको कुरा गर्दा सानेपातिर फर्कदा केहि छैन, जे छ यहि छ ।’

‘सानेपामा बसेकालाई थकाउन र गलाउन सक्ने ताकत हामीसँग छ,’ सभापति बलायरले भने, ‘नेताहरूले फराकिलो छाती बनाएर हामीलाई नेतृत्व गर्ने अवसर दिनुस् ।’

बैठकमा निवर्तमान कार्यबाहक सभापति खड्काका साथै नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतको उपस्थिति रहेको छ ।

Published : Sunday, 2026 April 19, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया