सबैलाई मिलाएर कांग्रेसलाई एकताबद्ध गर्ने जिम्मेवारी सर्वोच्चले गगनलाई दियो : नेताहरू
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा सर्वोच्च अदालतले गोल विशेष महाधिवेशनबाट आएका सभापति गगनकुमार थापालाई दिएको बताएका छन् ।
शनिबार काठमाडौंको गल्फुटारस्थित निवर्तमन कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भएको छलफलमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पार्टीलाई मिलाउनुपर्ने बताएका हुन् ।
पत्रकारहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले भने, ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब त्यो गोल सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले गोल फालिदिएको छ ।’
‘उहाँले अब पार्टीलाई कसरी एकताबद्ध बनाउनु हुन्छ ? कसरी पार्टीलाई ठूलो बनाउनु हुन्छ ?,’ विश्वकर्माले भने, ‘कसरी पार्टीलाई भावनात्मकरुपले सबै एक स्वरले नेपाली कांग्रेसको पक्षमा अबद्ध हुने वातावरण बनाउनु हुन्छ ? अब पार्टी सभापति गगनकुमार थापाको खुट्टामा गोल छ ।’
‘निर्वाचन आयोगले विशेष महाधिवेशनबाट भनिएको कार्यसमितिलाई मन्यता दिँदा हाम्रा सामुन्नेमा माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने समय थियो । हामीलाई समयको पेचिलो अवस्था थियो,’ नेता विश्वकर्माले भने ।
‘त्यो बेला स्वयम् सभापति शेरबहादुर देउवाले सबै कुरालाई आत्मसात् गरेर, परिस्थितिलाई आत्मसात् गरेर, अहिले देश बिषम् राजनीतिक परिस्थितिमा परेर अगाडि बढेको छ । हाम्रा बीचमा एकता चाहिन्छ,’ उनले भने ।
‘हामी फुटेर निर्वाचनमा गयौँ भने हाम्रो अवस्था राम्रो हुँदैन भन्ने कुरालाई महसुस गरेर यो बेला मिलाएर जानका लागि उम्मेदवारीमा पनि समझदारी गर्ने र पार्टी मिलाएर कांग्रेसको रुख चिन्हमा मतदान गर्न एकस्वरले मत माग्ने अवस्था सिर्जना गर्ने भनेर गइयो । मुद्दा बिचाराधीन नै थियो । अहिले बिचाराधीन मुद्दा टुंगो लागेको छ,’ उनले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया