खड्काले लोकतान्त्रिक संस्कार देखाउँदै भने– अब म कांग्रेसको कार्यबाहक सभापति होइन
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको फैसलालाई आत्मसात् गरेका हुँदा अब आफू कार्यबाहक सभापति नरहेको बताएका छन् ।
शनिबार काठमाडौंको गल्फुटारस्थित निवासमा आफू पक्षीय नेताहरूसँगको छलफलमा खड्काले सर्वोच्च अदालतको फैसालापछि आफू निवर्तमान कार्यबाहक सभापति भएको बताएका हुन् । खड्काले पार्टी एकताका लागि सबैले मिलेर जानुपर्ने बताएका छन् ।
छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले भने, ‘हिजोदेखि जब फैसला भयो, अदालतको फैसलालाई स्वीकार गर्ने भनिसकेपछि अब उहाँ निवर्तमान कार्यबाहक सभापति हुनुभयो, हिजोदेखि । त्यसलाई हामीले स्वीकार गरेका छौँ ।’
उनले भने, ‘यो त कानूनी विषय टुंगियो । निरुपण भयो । यसको बैधताको विषय टुंगियो । राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो । पार्टी एकताका विषयमा निरन्तर चिन्ता व्यक्त भइराखेको छ ।’
नेता विश्वकर्माले भने, ‘आदालतमा आफ्नो दाबी विरोध लिएर गइराखेका बेलामा दुबै पक्षले आ–आफ्नो गतिविधिलाई निरन्तरता दिनु, तिब्रता दिनु र त्यसलाई सशक्त बनाउँदै लैजानु स्वभाविक हो । मुद्दारत पक्षहरूले जहाँ पनि गर्नु हुन्छ । हामीले पनि केही गतिविधिहरू गरेका थियौं ।’
‘त्यसलाई अर्को पक्षलाई यसलाई गैरकानूनी, अबैधानिक भन्नु निरर्थक थियो, हाँस्यास्पद थियो । त्यो उपयुक्त थिएन,’ विश्वकर्माले भने ।
‘सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दै गर्दा पार्टीका उपसभापति एवम् कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापति भनेर मुद्दा दर्ता गरेको हुँदा उहाँलाई कार्यबाहक सभापति भन्नलाई कुनै अफ्ठ्यारो थिएन । निरन्तर भनिरहनु भएको थियो,’ नेता विश्वकर्माले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया