डा.राणालाई झठ्ठा आरोप लगाउने पूर्व एआईजी पोख्रेललाई तत्काल जेल हाल्न खनालको माग
काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणामाथि झुठ्ठा र मिथ्या आरोप लगाउने नेपाल प्रहरीका पूर्व एआईजीपी विश्वराज पोखरेललाई पक्राउ गरेर तत्काल जेल हाल्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका पूर्व एआईजीपी पोखरेललाई नालायक भन्दै कारबाहीको माग गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमा खनालले लेखेका छन्, ‘पुलिस अफिसरको कुण्ठा राजनीतिज्ञको भन्दा बढी खतरनाक हुन्छ ।’
‘यिनलाई पक्रेर जेल हाल्दा हुन्छ । त्यति नै बेला घुसले प्रभावित पार्न खोज्ने राजनीतिज्ञलाई किन नपक्रेको नालायक पुलिस अफिसर ? यिनलाई तुरुन्त कार्वाही गर रास्वपा,’ विश्लेषक खनालले भनेका छन् ।
खनालले भने, ‘नेपालको संस्थागत चरित्र र इमान्दारिता कतिसम्म निकम्मा छभन्ने कुरा नेपाल प्रहरीका भुपु एआईजीपी विश्वराज पोखरेलको गैरजिम्मेवार र निकम्मा अभिव्यक्तिमा झल्किल्छ ।’
‘…सात करोड घुस खुवाउन नसकेको कारणले उनी सांसद भए । …दुई करोड मात्र तिरेर हुने भए सायद यिनी पनि आइजीपी हुन्थे,’ राजनीतिक विश्लेषक खनालले लेखेका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाको चरित्रहत्या गर्दै आफूलाई आईजीपी बनाउन सात करोड माग गरेको भनेर मिथ्या र गलत आरोप लगाएका थिए ।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा कुराकानी गर्दै पूर्वएआईजीपी समेत रहेका सांसद पोखरेलले भनेका थिए, ‘मलाई आईजीपी बनाउनका लागि अनौपचारिक रूपमा ७ करोडको माग गरिएको थियो, जुन आरजु राणा र उनी वरपरका बिचौलियाहरूसँग जोडिएको थियो, मैले त्यसलाई ठाडै अस्वीकार गरेँ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया