आरजु राणालाई हिलो छ्यापेर योग्यता बढाउने विश्वले संसदीय समिति बनाए भइहाल्यो नि : पूर्वएसपी तिमल्सिना
काठमाडौं । नेपाल प्रहरीका पूर्वएसपी आभुषण तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसद भइसक्दा पनि बेतुकको कुरा गरेको भन्दै पूर्वएआईजीपी विश्वराज पोखरेलको आलोचना गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत पूर्वएसपी तिमल्सिनाले भनेका छन्, ‘अहिले सांसद भइसक्दा पनि आरजुलाई हिलो छ्यापेर आफ्नो योग्यता बढाउने विश्वराज पोखरेल सरको फण्डा देखेर पोखरेल सरको केटाकेटी पारामा हाँस उठेको छ ।’
‘अरे पोखरेल’साब एक सांसद बनिसक्दा पनि फण्डाको खेती गर्न छाड्नुहुन्न भने हिजोका राजनीतिज्ञ र तपाईंहरूमा के भिन्नता भयो ?,’ तिमल्सिनाले प्रश्न गरेका छन् ।
‘…ले गरेका गल्तीहरूमा छानविन गर्नुस्, अझ तपाईं त प्रहरीको एआइजीपी भएको मानिस, एउटा सर्वशक्तिमान संसदीय छानबिन समिति गठन गर्नुस्,’ पूर्र्वएसपी तिमल्सिनाले भनेका छन् ।
‘त्यसको नेतृत्व तपाईं नै गर्नुस् र गरेका र भएका अपराधहरूको प्रमाण आफैँ कानून र विधिबमोजिम संकलन गर्नुस्,’ पूर्वएसपी तिमिल्सनाले भने, ‘अनि, सजाय दिलाउनुस न । किन बेतुकका आरोप लाउनुहुन्छ ?’
पूर्वएसपी तिमल्सिनाले लेखेका छन्, ‘आरजु राणासँग मेरो कुनै आशक्ति छैन, बरु …को थिचाई, मिचाई, अनि मेरो पदोन्नतिको समयमा तत्कालीन …का प्यादा आइजीपी बसन्त कुँवरको अक्षमता र निरिहपनाको कारण मैले २४ वर्ष पुग्न लाग्दा प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर प्रहरी संगठनबाट निस्किएको हुँ ।’
‘प्रहरी संगठनमा कार्यरत रहँदा सबै प्रकारका सुबिधा लिएका हुन्, विश्वराज पोखरेल सरले । उनले आफू शक्तिमा हुँदा सिनियरलाई लडाएर, आफ्ना साथीहरूमध्ये पनि सिनियरलाई छिर्के दाउ लाएर एआइजीपीसम्म बनेकै हुन्,’ पूर्वएसपी तिमल्सिनाले भने ।
‘मलाई केसम्म थाहा छभने, यिनलाई जति नै करोड पैसा दिए पनि … लाई पछारेर यिनी आइजीपी बन्न सक्दैन थिए,’ तिमल्सिनाले भने, ‘… पैसा खान र बाँड्न …लाई पनि जित्न सक्ने पात्र हुन् ।’
‘…लाई जितेर जति नै पैसा बाँडे पनि यिनी आइजीपी बन्दैन थिए,’ पूर्वएसपी तिमल्सिनाले भने, ‘किनकि, …को र शेरबहादुरको पहिलो रोजाइ नै धिरजप्रताप सिंह थिए ।’
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा कुराकानी गर्दै पूर्वएआईजी समेत रहेका सांसद पोखरेलले भनेका थिए, ‘मलाई आईजीपी बनाउनका लागि अनौपचारिक रूपमा ७ करोडको माग गरिएको थियो, जुन आरजु राणा र उनी वरपरका बिचौलियाहरूसँग जोडिएको थियो, मैले त्यसलाई ठाडै अस्वीकार गरेँ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया