गण्डकीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ, बाग्लुङ कांग्रेस सभापति शेरचनलाई अर्थ मन्त्रालय
पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुत्त मन्त्रीहरूले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार पोखरामा गण्डकी प्रदेश प्रमुख भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा हेरफेर गरिएका नवनियुक्त मन्त्रीहरू नेपाली कांग्रेस र एमालेका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट जीतबहादुर शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।
एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस र एमालेको सरकार छ । मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद हेरफेर गर्ने सहमति भएसँगै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया