कपिलवस्तुमा १४ लाख भारतीय रुपियाँसहित एकजना पक्राउ

चन्द्रौटा । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले स्रोत नखुलेको १४ लाख भारतीय रुपियाँसहित १ जना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. १ को व्यस्त चोकबजार क्षेत्रबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपियाँसहित एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले विशेष निगरानी बढाएका वेला सोमबार गरिएको अपरेसनमा मायादेवी गाउँपालिका– ८, बरकुलका २१ वर्षीय अभिषेक गुप्तालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेटनजिकैबाट प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपियाँ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले मोटरसाइकलको सिटमुनि र डिक्कीमा अत्यन्त गोप्य तरिकाले लुकाएर राखिएको १४ लाख भारतीय रुपियाँ फेला परेको बताए । पक्राउ परेका गुप्ता बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालकसमेत हुन् ।

Published : Tuesday, 2026 April 14, 12:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया