गृहमन्त्रीद्वारा चिनियाँ ठेकेदारलाई नारायणगढ–बुटवल सडकखण्ड छिटो पूरा गर्न निर्देशन, अन्यथा कठोर कदम चाल्ने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडकखण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
उनले नारायणगढ–बुटवल सडकखण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् । उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताएका छन् । यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्ने गृहमन्त्री गुरुङले चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । ढिलासुस्ती स्वीकार्य नहुने उनले बताएका छन् ।
उनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न चिनियाँ कम्पनीलाई सचेत गराएका छन् ।
यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया