अख्तियारद्वारा गुराँस गाउँपालिकाका अधिकृत र ठेकदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आर.के. कन्स्ट्रक्सन सुर्खेत तथा सञ्चालक सुवास कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत आचार्य र सञ्चालक कार्की र कन्स्ट्रक्सनविरुद्ध २२ लाख ४४ हजार ५ सय रुपियाँ बिगो कायम गरि अभियाग पत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई बिगोबमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम गरिवाना सजाय गरि सोही ऐनको दफा १७ बमोजिम बिगो असूल उपर हुन मागदाबी गरिएको छ ।
आर.के.कन्स्ट्रक्सन, सुर्खेत तथा उक्त कम्पनीका सञ्चालक कार्कीलाई बिगोबमोजिम जरिवाना सजाय गरि सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक बाँक्याशंसबमोजिम मुख्य कसूरदार सरह हुन मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।
गुराँस गाउँपालिकास्थित कर्णाली नदी र लोहरेखोला क्षेत्र, तल्लो डुङ्गेश्वरबाट गिट्टी, बालुवा, ढुङ्गा र ग्राभेल उत्खनन्, सङ्कलन तथा बिक्री वितरण ठेक्का सम्झौता गर्दा बैंक ग्यारेण्टी नलिइ सम्झौता गरेर राजस्व हिनामिना गरेको अभियोग लागेर उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया