प्रधानमन्त्रीसहित मन्त्रीहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत र छानविनको माग गरेर प्रदर्शन
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकार)ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)सहित मन्त्रिपरिषदका सदस्यहरू सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेर प्रदर्शन गरेको छ ।
सोमबार काठमाडौंको माइतीघरमण्डलामा अनेरास्ववियु (क्रान्तिकार)का कार्यकर्ताहरूले मन्त्रिपरिषद सदस्यहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका हुन् ।
उनीहरूले हातमा प्लेकार्ड र ब्यानरहरू बोकेर प्रदर्शन गरेका छन् । मन्त्रिपरिषदका सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्न प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको सरकारका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्तिमा सुन अत्याधिक देखिएको छ । देखिएको सुन पनि पैत्रिक वा पत्नीको भनेर टार्ने प्रयास भएका छन् । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा पैत्रिक भनेर १९० तोला गरगहना सार्वजनिक भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया