प्रधानमन्त्रीकी पत्नी सविनासँग १९० तोला, वालेनको खातामा १ करोड ४६ लाख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पत्नी सविना काफ्लेको नाममा १ सय ९० तोला गरगहना रहेको खुलासा भएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा सार्वजनिक प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा शाहकी पत्नी काफ्लेको नाममा १ सय ९० तोला रहेको उल्लेख छ । सम्पत्ति विवरणमा पैत्रिक सम्पत्तिका रुपमा भनेर उल्लेख गरिएको छ । प्रधानमन्त्री शाहकी पत्नी काफ्लेको नाममा १ सय ९० तोला भनेर भनिएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो सम्पत्ति विवरणमा आफ्नो मुख्य कमाइकोस्थल समाजिक सञ्जाललाई देखाएका छन् । प्रधानमन्त्री शाहले आफ्नो बैंक ब्यालेन्समा १ करोड ४६ लाख रुपियाँ रहेको उल्लेख गरेका छन् । कमाइको स्रोत समाजिक सञ्जाल रहेको शाहले जनाएका छन् ।
प्रधानमन्त्री शाहले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको व्यक्तिगत नाममा घर जग्गा छैन । उनको आमा र बुवाको नाममा भने पर्याप्त जग्गा÷जमीन रहेको छ ।
शाहले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १ सय ९० तोला गरगहना रहेको उल्लेख छ ।
सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत पैत्रिक रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
आमाको नाममा काठमाडौंमा ५ आना जग्गा घर, धनुषामा डेढ बिगाहामा घर र महोत्तरीमा बाबुको नाममा ९ बिगाहा जग्गा रहेको छ । प्रधानमन्त्री शाहले शेयरको विवरण राखेका छैनन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया