अर्थमन्त्री डा.वाग्लेसँग करोडौंका ३ वटा अपार्टमेन्ट, ४५ तोला सुन, बैंकमा झण्डै २ करोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग अरबौंका सम्पत्ति देखिएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार डा.वाग्लेसँग ऋण ३ करोड ५५ लाख रुपियाँ छ ।
डा.वाग्लेसँग ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमै ५ करोडको अर्को अपार्टमेन्ट, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट भेटिएको छ ।
तनहुँमा २ करोडको घर, बैंक ब्यालेन्स १ करोड ९० लाख रुपियाँ, पाँच वटा कम्पनीमा चार करोडमाथिको शेयर रहेको छ ।
अर्थमन्त्री डा.वाग्लेसाग सुन ४५ तोला रहेको छ । ९४ लाख रुपियाँमा खरिद गरेको ‘सुबारु एक्सभी’ गाडी पनि रहेको सम्पत्ति विवरणमा देखिएको छ ।
जग्गातर्फ काठमाडौंको चन्द्रागिरिमा ३ रोपनी, चितवनको रत्ननगरमा ५ कठ्ठा र तनहुँको भानुमा ६ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया