कांग्रेसलाई आर्यघाट पुर्याएपछि कुरा बुझ्न गगन ७ प्रदेशमा समीक्षाको बहाना बनाइ छिरे
काठमाडौं । निर्वाचनका बेला विशेष महाविधेशनको बहानामा भृकुटीमण्डप भेला गरेर नेपाली कांग्रेसलाई आर्यघाटमा पु¥याएको जिम्मेवारी लिन गगनकुमार थापा चाहँदैनन् ।
भृकुटीमण्डप भेलाबाट आफूलाई सभापतिको घोषणा र भावी प्रधानमन्त्रीको उम्मेदवार बनेका गगनले कांग्रेस पराजय भएको जिम्मेवारी नै लिन आनाकानी गरिरहेका छन् । कांग्रेस त पराजित भयो । भावी प्रधानमन्त्रीका उम्मेदवार गगन नै सर्लाही ४ बाट पराजित भए । त्यो पनि १२ हजार ८ सय ५७ मतको अन्तरबाट ।
निर्वाचनका बेला गगनले कांग्रेसका शीर्ष नेताहरूलाई अपमान गरे । टिकट दिएनन् । बरु आफ्नो ससुरा नाता पर्ने जगदीश्वर नरसिंह केसीलाई नुवाकोट २ बाट प्रत्यक्षमा टिकट दिए । आफ्नै ससुरा अर्जुन नरसिंह केसीलाई समानुपातिकको खस आर्य आरक्षणमा पहिलो नम्बरमा राखेर समानुपातिक सांसद बनाए । तर, पार्टी मिलाउनेतिर लागेनन् ।
कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित तुल्याउन गगनले नेपाली कांग्रेसको नामबाट भेला, बैठकहरू राखेर गतिविधि गर्दै आएका छन् । १५औँ महाधिवेशनको कार्यतालिका बनाएर गतिविधि थालेका छन् ।
१४औँ महाधिवेशनको दुईतिहाई पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वोच्च अदालतको पखाईमा बसेको छ । गगनले अदालतको फैसलालाई नकुरेर भेला र गोष्ठिहरूमा लागेका छन् ।
आफू पराजित भए पनि आफू नै आधिकारिक कांग्रेस हुँ भनेर गगनले गतिविधि गरेपछि सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूह चिन्तित बनेको छ । उनीहरूले अदालतको आदेशलाई पर्खिएर कांग्रेसको सांगठिनक गतिविधि गर्नुपर्ने पक्षमा छ ।
गगनले आफ्नो पक्षमा नेताहरूलाई तान्नका लागि र कांग्रेस र आफू पराजित भएपछि नेता तथा कार्यकर्ताहरूको जिल्लामा के प्रतिक्रिया छ ? भनेर बुझ्न सात प्रदेशमा निर्वाचनको समीक्षा कार्यक्रम राखेका छन् ।
गगनको समीक्षा कार्यक्रम र बैठकहरूमा सोँचेअनुसारका नेता तथा कार्यकर्ताहरू आएका छैनन् । कांग्रेस पराजित हुनुमा गगनलाई नेता तथा कार्यकर्ताहरूले दोषी मानेका छन् ।
गगनले दुई महिना पर्खिर निर्वाचनमा गएको भए कांग्रेसको यो अवस्था हुने थिएन । गगनले कसको बुद्धिमा लागेर कांग्रेसलाई खाल्डोमा हालेका छन् । कांग्रेस उठ्नै नसक्ने गरी थला पार्ने काम गगनबाट भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया