कांग्रेसमा चार दशकयताका सबै क्रियाशील सदस्यता रद्द गर्ने कुरा चिन्ताजनक : केन्द्रीय सदस्य कान्तिका सेजवाल
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजवालले ४० वर्षदेखि निरन्तर क्रियाशील सदस्य रहेकाहरूको सदस्यता खारेज गर्ने भनेर आएका टिकाटिप्पणीहरूप्रति आपत्ति जनाएकी छिन् ।
शनिबार सामाजिक सञ्जालमार्फत सेजवालले चालीस दशकदेखिका सबै क्रियाशील सदस्यता खारेज गर्ने भन्ने कुराको विरोध गरेकी हुन् । उनले आफू सम्मानित हुनका लागि अरुको अपमान गर्न नहुने बताएकी छिन् ।
केन्द्रीय सदस्य सेजवालले भनेकी छिन्, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसको सदस्यता अनलाइनमार्फत वितरण गर्ने प्रस्ताव आएको थियो । तर, आजभोलि चार दशकयताका सबै क्रियाशील सदस्यता रद्द गर्ने चर्चा सामाजिक सञ्जालमा सुनिनु चिन्ताजनक छ ।’
‘के यसरी नेपाली कांग्रेसको गौरवशाली इतिहास नै समाप्त गर्न खोजिएको हो ?,’ केन्द्रीय सदस्य सेजवालले प्रश्न गरेकी छिन् ।
‘गाउँ–गाउँमा आफ्नै मेहनत, स्वाभिमान र आत्मनिर्भरतासँगै कांग्रेसको सदस्य भएर गर्व गर्ने हजारौं कार्यकर्ताको सम्मान यसरी घटाउनु उचित होइन । यस्तो कार्यशैलीले समर्पित कार्यकर्ताको मनोबल कमजोर बनाउने खतरा देखिन्छ ।’
कांग्रेस केन्द्रीय सदस्य सेजवालले भनेकी छिन्, ‘आफू सम्मानित हुनका लागि अरूको अपमान गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’
निर्वाचनका बेला विशेष महाधिवेशनको नाममा भृकुटीमण्डप भेला गरेर गगनकुमार थापाले नेपाली कांग्रेस हाइज्याक गरेका छन् । गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएको छ । आयोगको निर्णयविरुद्ध सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका १४औँ महाधिवेशनबाट निर्वाचित दुईतिहाई पदाधिकारी र केन्द्रीय सदस्यहरू सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् ।
सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको विवाद विचाराधीन रहेका बेला गगन थापा समूहले चालीस वर्षदेखिका पुराना क्रियाशील सदस्यहरूको सदस्यता खारेज गर्न भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।
गगन थापाले आफूलाई बदलिएको कांग्रेसको सभापति घोषणा गर्नुका साथै भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर निर्वाचनमा गएका थिए । गगन थापालाई जनताले मन पराएनन् । नेपाली कांग्रेस र गगन थापा स्वयंलाई मतदाताले लज्जास्पद तरिकाले हराइदिएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया