क्रियाशील सदस्यता खारेज गर्ने अधिकार छैन, गगनले कांग्रेसलाई दास र लासको पार्टी बनाए : नेता कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्की गगनकुमार थापालाई क्रियाशील सदस्यता खारेज गर्ने अधिकार नरहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता कार्कीले क्रियाशील सदस्यताबारे निर्णय गर्ने अधिकार महासमितिलाई मात्रै रहेको बताएका हुन् । सबै क्रियाशील सदस्यता खारेज गरेर गगन थापाले कांग्रेसलाई दास र लासको पार्टी बनाउन लागेको हो भनेर नेता कार्कीले प्रश्न गरेका छन् ।

‘सबै क्रियाशील खारेज गरेपछि तपाई सभापति हुनुहुन्छ की हुनुहुन्न ? की तपाईंको र तपाईंको समितिको दास र लास बाहेकको खारेज भएको हो ?’ नेता कार्कीले प्रश्न गरेका छन् ।

‘यस्तो निर्णय गर्ने अधिकार महासमितिलाई होला नि ? मेरो क्रियाशील के कारणले खारेज भयो ?’ नेता कार्कीले प्रश्न गरेका छन् ।

बदलिएको कांग्रेस भन्दै आएका गगन थापाले पुरानो क्रियाशील सदस्यता सबै खारेज गर्ने बताउँदै आएका छन् । क्रियाशील सदस्यता खारेज गरेर गगनले कांग्रेसलाई के गर्न खोजेका हुन् ? नेताहरूले प्रश्न गरेका छन् ।

निर्वाचनका बेला भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेका गगनका कारण नेपाली कांग्रेसको लज्जास्पद पराजय भएको छ । गगन आफै पनि सर्लाही ४ बाट पराजित भएका छन् ।

Published : Thursday, 2026 April 9, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया