रास्वपाका अर्याल सभामुखमा निर्विरोध निर्वाचित, सभापति लामिछानेले दिए धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् ।

सभामुखमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

अर्याललाई रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिक योजनामन्त्री सुनिल लम्साल र कानूनमन्त्री सोविता गौतमले समर्थन गरेका थिए ।

रास्वपाका सभापति रवि लामिछानेले सभामुख पदमा निर्वाचित गरियोस् भन्दै अर्यालको नाम प्रस्ताव गरेका थिए । लामिछानेले सभामुख पदमा अन्य दलबाट कसैको पनि प्रस्ताव नपरेको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

सभापति लामिछानेले भने, ‘उहाँलाई सर्वसम्मत बनाउन सबैले गर्नुभएको मद्दत र राजनीतिक सम्मानमा धन्यवाद दिन्छु ।’

चैत २० गते सभामुख पदको निर्वाचनका लागि मनोनयन दर्ता गर्न तालिका बनाइएको थियो । उक्त दिन रास्वपाबाट मात्र सभामुख पदमा उम्मेदवारी परेको थियो ।

Published : Sunday, 2026 April 5, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया