दुईतिहाइ नजिक रास्वपासँग सभामुखमा कसैले भिड्ने आँट गरेनन्, अर्याल निर्विरोध चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध चयन भएका छन् ।
शुक्रबार सभामुख पदका लागि अर्यालको मात्रै मनोनयन दर्ता भएको थियो । सभामुख पदमा कसैले पनि मनोनयन दर्ता नगराएपछि अर्याल निर्विरोध चयन भएका हुन् । उनले सभामुख पदको शपथ आइतबार लिनेछन् ।
प्रतिनिधिसभामा रास्वपा दुईतिहाइ नजिक छ । सत्तापक्षको स्पष्ट बहुमत भएकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएनन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् ।
नेपाली कांग्रेस ३८, एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसद् छन् ।
सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । उपसभामुखबारे छलफल भएको छैन । प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।
निर्वाचित भइसकेपछि आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने हुन्छ ।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य हुन्छन् । यसकारणले समेत उपसभामुखमा कुन दलबाट प्रतिनिधित्व हुन्छ भन्ने विषयलाई चासोका साथ हेर्ने गरिन्छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया