देउवा निवास बिक्री भएको छैन : सचिवालय
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बुढानिलकण्ठस्थित निवास बिक्री नभएको जनाएको छ ।
स्थानीय कामदारहरूले ठेक्का लिएर बुढानिलकण्ठस्थित सभापति देउवाको जलेर भत्किएको निवास सरसफाइ गर्न थालेपछि जग्गा र घर बिक्री भएको भनेर केही सञ्चारमाध्यमहरूले गलत सूचना र समाचार सम्प्रेषण गरेपछि सचिवालयले घर र जग्गा बिक्री नभएको जनाएको हो । बिहीबार सभापति देउवाको सचिवालयले बुढानिलकण्ठस्थित निवास र जग्गा बिक्री नभएको र गलत समाचार प्रकाशित नगर्न अनुरोध गरेको छ ।
सभापति देउवाको निवासलाई युवा निर्माण व्यवसायी विकास गौतमले खरिद गरेको भनेर समाचार प्रकाशित भइरहेका बेला सभापति देउवाकै सचिवालयले निवास बिक्री गर्ने योजना नरहेको जनाएको छ । निर्माण व्यवसायी गौतमले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास किनेको छैन । निवास र जग्गा किनेको भनेर आएका समाचारहरूमा सत्यता छैन । सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गर्दा सत्यतथ्य बुझेर सम्प्रेषण गरेर सहि सूचना दिनुपर्छ ।’
सभापति देउवाको निजी सचिवालयले भनेको छ, ‘बुढानिलकण्ठको देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन । केही सञ्चारमाध्यममा गलत सूचनासहितको समाचार र घर बिक्री गरेको तथा बिक्रीमा राखेको भनेर भ्रामक समाचार संप्रेशण भएकाले बिक्रीमा नराखेको स्पष्ट पारिएको हो ।’
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सभापति देउवा निवासमा आक्रमण गरेर प्रदर्शनकारीले जलाएका थिए ।
सभापति देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । देउवाको निवास ऐतिहासिक महत्व भएकाले पनि बिक्री नगरिने सचिवालयले जनाएको छ ।
सभापति देउवाको घर रहेको जग्गा डा.आरजु राणालाई माइतीले दाइजोको रुपमा २०५० सालमा खरिद गरिदिएका थिए । सचिवालयले पनि डा.राणालाई माइतीपक्षले २०५० सालमा दाइजोको रुपमा दिएको जनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया