गगनले निरन्तर लखेटेका रवि संसदमा छाती फुलाए बोल्नेछन्, उनले ५ वर्ष हेर्न पनि पाउने छैनन्

काठमाडौं । निर्वाचनका बेला नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट तहस नहस बनाएर हाइज्याक गरी आफूलाई सभापति घोषणा गरे गगनकुमार थापा आज बिहीबारदेखि शुरु हुन लागेको संघीय संसद (प्रतिनिधि सभा)को बैठकमा रहने छैनन् ।

सर्लाही ४ बाट १२ हजार ८ सय ५७ मतको फराकिलो मतको अन्तरबाट पराजित भएका गगन ५ वर्षसम्म संसदभन्दा बाहिर रहनेछन् । गगन आफू पराजित त भए । सिङ्गो कांग्रेसलाई लज्जास्पद हार व्यहोर्न बाध्य बनाए । कांग्रेस सानो आकारमा खुम्चिन बाध्य भएको छ ।

कांग्रेसबाट आफूलाई भावी प्रधानमन्त्री घोषणा गराएका गगन आफै पराजित भएपछि नरह्यो बाँस, नरह्यो बाँसुरीको अवस्था बनेको छ । गगनले निर्वाचनका बेला भृकुटीमण्डप भेला गरेर कांग्रेसको कथित विशेष महाधिवेशन गरी नेपाली कांग्रेसलाई कब्जा गरेको परिणाम पार्टी विभाजित अवस्थामा पुग्यो । त्यसको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुगेको छ । रास्वपाको झण्डै दुईतिहाई बहुमत आउनुमा प्रमुख दोषी र जिम्मेवार गगन हुन् ।

आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेका गगन आफै पराजित हुने अवस्था बन्यो । गगनलाई कसैले हराएका होइनन् । उनी आफ्नै कारणले पराजित भएका हुन् । कसैले अन्तरघात गरेको होइन । अन्तरघातबाट हराउनु भनेको २/३ हजार भोटले हुन्छ । गगन त १२ हजारभन्दा धेरै मतले पराजित भएका छन् । त्यो पनि रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग । चुनावको मुखमा कांग्रेस विभाजित हुने गतिविधि गरेपछि हारे त व्यहोर्नै पर्ने थियो । जसको परिणाम गगन ५ वर्षसम्म संसदभन्दा बाहिर रहनु पर्नेछ ।

गगनलाई जतनाले अस्वीकार गरिदिएका छन् । आफू प्रखर वक्ता हुँ, लोकप्रिय छुभन्ने गगनको अहँकार र घमण्डलाई जनताले हराइदिएका छन् । गगन जनतामा लोकप्रिय छैनन् भन्ने पुष्टि नै भएको छ । बालेन्द्र शाह (बालेन), रवि लामिछानेहरू जनताको बीचमा लोकप्रिय रहेछन् । गगन उनीहरूको छेउँछाउमा समेत पुग्न सकेका छैनन् । बालेन २ महिना अगाडि रास्वपामा प्रवेश गरेर झण्डै दुईतिहाई बहुमत ल्याइदिए । हर्क साङपाङले ५ महिना अगाडि श्रम संस्कृति पार्टी खोलेर राष्ट्रिय दल हुँदै संसदमा बलियो उपस्थिति गराएका छन् । गगन निरन्तर २० वर्षदेखि सांसद छन् । मन्त्री बनेका छन् । केन्द्रीय सदस्य र महामन्त्री बनेका छन् । अझ भृकुटीमण्डप भेला गरेर कांग्रेस कब्जा गरेर आफै सभापति बनेका छन् । तैपनि संसदमा प्रवेश गर्न पाएनन् ।

अघिल्लो प्रतिनिधि सभाको बैठकमा गगनले बोल्ने गरेका थिए । समसामयिक विषयहरूमा धारणा राख्दै आएका थिए । रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणलाई संसदमा प्रमाण छ भनेर देखाउँदै निरन्तर प्रहार गरिरहेका थिए । गगनकै जोडबल र दवावका कारण संसदीय छानविन समिति बन्यो । गगनकै कारण रवि जेल चलान हुनु प¥यो । अहिले झण्डै दुईतिहाई बहुमत आउँदा पनि रवि प्रधानमन्त्री बन्न पाएका छैनन् । ५ वटा जिल्लामा अदालतबाट तारेख बोक्दै र मुद्दा लड्दैमा ठिक्क भएको छ । रविलाई यो अवस्थामा पु¥याउने गगन नै हुन । अन्यमा गगन संसदभन्दा बाहिर बस्नु परेको छ । रवि संसदको यात्रामा छन् । आफ्नो दललाई झण्डै दुईतिहाई बहुमत दिलाएका छन् ।

गगनलाई आफू लोकप्रिय छु भन्ने घमण्ड र अहँकार तोडिएको हुनुपर्छ । अहँकार, घमण्ड, आवेग, रिस, ईष्याले आफैलाई खान्छ । बुद्धिले अर्कालाई निल्छ ।

गगनले सभापति शेरबहादुर देउवाको अनुहार देखाएर चुनावमा जान सकिदैन भनेर निरन्तर अपमान गरे । देउवालाई टिकट दिएनन् । वीपी कोइरालाका छोरा डा.शशांक कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला लगायत शीर्ष नेतृत्वलाई टिकट दिएनन् । निरन्तर अपमान गरिरहे । त्यसको पापको फल गगनले निर्वाचनमा पाएका छन् । त्यति मात्रै होइन नेपाली कांग्रेसले समेत गगनको अपराधको भागिदार हुनु परेको छ । कांग्रेस समाप्त हुने अवस्थामा छ ।

Published : Thursday, 2026 April 2, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया