तीन करोड राजस्व हिनामिना गर्ने ४ मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले मालपोत कार्यालय, पर्साका तत्कालीन ४ जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । उनीहरूल झण्डै ३ करोड राजस्व हिनामिना गरेको अभियोग छ ।
मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको रजिस्ट्रेसन बापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपियाँ राजस्व हिनामिना भएको देखिएकोले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले मिश्रलाई ३८ लाख ८० हजार ३६८, बोगटीलाई १ करोड १० लाख ६० हजार ५२४, अर्याललाई २१ लाख ३८ हजार १६९ र कुर्मीलाई ९९ लाख १० हजार ५२५ रुपियाँ बिगो रकम दाबी गरेको छ ।
अख्तियारले तत्कालनी नायव सुब्बा स्व.किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग २ करोड ९३ लाख ६८ हजार ५६५ रुपियाँ बिगो दाबी गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया