कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै केही नेताहरू प्रयोग भए : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डिजाइन अनुसार कांग्रेस सिध्याउन सबै खाले प्रयोग भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंको धुम्बाराहीमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा डा.कोइरालाले डिजाइन अनुसार नै नेताहरू परिचालन भएको बताए । स्रोतका अनुसार डा.कोइरालाले भने, ‘कनट्रोल्ड डेमोक्रेसीको प्रयास हुँदैछ । कांग्रेसमा सहमति गर्न सकिन्छ तर, झुकेर होइन । कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भए ।’
नेता डा.कोइरालाले भृकुटीमण्डप भेलाका नेताहरूसँग सहमति गर्न आफूहरू तयार रहे पनि झुकेर नजाने चेतावनी दिएका छन् ।
डा.कोइरालाले निर्वाचनमा कांग्रेसको पराजय देश र लोकतन्त्रका लागि ठूलो क्षति भएको बताएका छन् । उनले कांग्रेसलाई बचाउने हो भने सबैले त्याग गर्नुपर्ने बताए ।
कांग्रेसलाई समाप्त पार्न स्वदेशी र विदेशी तत्व लागेको उनको संकेत थियो । डा.कोइरालाले संकेत गरे पनि कसैप्रति लक्षित भएनन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया