कांग्रेस नेता बजगाईंले क्रियाशील सदस्यता नवीकरण नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले आफ्नो क्रियाशील सदस्यता नवीकरण नगर्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेता बजगाईंले कांग्रेसलाई बामपन्थीकरण गरिएको बताएका छन् । उनले लेबी र चन्दाको रकम कांग्रेसमा मनपर्दी खर्च भएको आरोप लगाएका छन् ।

‘मेरो क्रियाशील नवीकरण नगर्नु,’ उनले लेखेका छन्, ‘यसकारण, म लेवीमा विश्वास गर्दिन । कांग्रेस वामपन्थीकरण भयो । चन्दा र लेवीको मनपर्दी खर्च गरे । यूनिटी लाईफ जस्तै क्रियाशील वितरण गर्ने भए ।’

गगनकुमार थापाले भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि पार्टीभित्र ठूलो पंक्ति असन्तुष्ट छ । वैशाखमा नियमित महाधिवेशन रहेका बेला गगनले उक्साहटमा विशेष महाधिवेशनको नौटंकी गरेर कांग्रेस कब्जा गरेर निर्वाचनमा इतिहासकै लज्जाजनक अवस्थामा पराजित गराएका छन् ।

Published : Monday, 2026 March 30, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया